काठमाडौँ । जेठ ९ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना मुद्दालाई सर्वोच्चले अझै दर्ता गरेकाे छैन ।
मुद्दा दर्ता नहुने हो भने कुन कारणले दर्ता नहुने हो उल्लेख गरी दरपिठ गर्ने अधिकार प्रशासनलाई भए पनि ११ दिनसम्म कुनै निर्णय नगरी झुलाएर राखेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले गुनासो गरे।
उनले गत फागुन ११ गते सर्वोच्चले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्न संवैधानिक इजलासले आदेश दिए पनि त्यसलाई ओलीले जेठ ८ गते दोस्रोपटक विघटन सिफारिस गरेर उल्लंघन गरेको जिकिर गरेका छन्।
उनले भने, ‘दोस्रोपटक पनि असंवैधानिक रुपमा विघटन गरिएको छ। त्यो भनेको पहिलाको आदेशको अवज्ञा हो। कसैलाई पनि अदालतको आदेश अवज्ञा गर्ने अधिकार छैन, अझ प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले अदालतको आदेश अक्षरश: मान्नु पर्दछ।’
त्रिपाठीले ओलीलाई एक वर्ष कैद र दश हजार रुपैयाँ जरिवाना गर्न माग गरेका छन्।
सर्वोच्चका मुद्दा महाशाखाका प्रमुख बाबुराम दाहालले भने कोरोना महामारीका कारण फुलकोर्टको निर्णयले सेवा संकुचन ल्याउने निर्णय गर्दा मुद्दा दर्ता हुन नसकेको जानकारी दिएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend