Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीसँग मिल्न सकिदैन नयाँ पार्टी खोल्न ढिला नगराैं: झलनाथ खनाल


    बिहिबार, जेष्ठ २० २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका छन् ।

    आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसकेकाले अब मिल्न नसक्ने बताएका हुन् ।

    अहिले आत्तिने बेला नभएको र जोस जाँगरका साथ बढ्ने बेला भएको बताउदै आफूहरुको समूहमा कम्युनिस्ट आन्दोलनका सच्चा नेता कार्यकर्ता रहेको समेत दाबी गरे ।

    अहिले समूह सानो भएपनि भविष्यमा राम्रो कार्यक्रम र एजेन्डाका साथ फैलन बताउदै उनले नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । विगतमा पनि आफूहरुले सानो समूह हुँदै देशकै ठूलो दल बनाएको अनुभव सुनाए ।

    ओलीले अलमलाउने काम मात्र गरेकाे भन्दै कुनै हालतमा सम्झौता गर्न नहुनेमा खनालको जोड दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार