Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्तरिक विवाद जटिल बन्दै गएकाे समयमा नेता रिजालकाे दाबी, एमाले फुट्दैन, ब्रेक थ्रु हुन्छ


    बिहिबार, जेष्ठ २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको आन्तरिक विवाद झनै जटिल बन्दै गएकाे बेला नेता विष्णु रिजालले एमालेमा चाँडै ब्रेक थ्रु हुने दाबी गरेका छन् । 

    माधव नेपाल समूहका नेताहरु पार्टीलाई जेठ २, २०७५ कै अवस्थामा फर्काएर सहमति खोज्न तयार भएका बेला रिजालले  एमालेमा ब्रेक थ्रु हुने दाबी गरेका हुन्।

    ‘संगठनात्मक व्यवस्थापनका बारेमा विवाद छ, जुन जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छु, रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ सबै नेता(कार्यकर्ताले काम गर्न पाउने वातावरण बन्छ। त्यसपछि भित्र र बाहिरबाट जति प्रयत्न गरे पनि पार्टी फुट्दैन। आशा गरौँ, छिट्टै यसमा ब्रेक थ्रुु हुन्छ।’

    विगत केही दिनदेखि निरन्तरत संवादमा रहेका ओली समूहका नेता र नेपाल समूहका नेताहरु पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा सहमति नजिक पुगेको वार्तामा सहभागी नेताहरुले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार