Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली-नेपालकाे छुट्टाछुट्टै बैठक, को कता जालान् (विवरणसहित)


    बिहिबार, जेष्ठ २० २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको दुवै समूहले आज छुट्टाछुट्टै बैठक डाकेको छ । अध्यक्ष ओलीले अपरान्ह ४ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन् भने माधवकुमार नेपाल समूहको पनि आजै बैठक भर्चुअल हुनेछ ।

    नेपाल समूहले डाकेको बैठकलाई अनाधिकृत भन्दै एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले सहभागी नहुन वक्तव्य जारी गरेका छन् । 

    एमालेको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्दैछ । बैठकमा महासचिव इश्वर पोखरेलका अलावा स्थायी कमिटी सदस्यहरु विष्णु पौडेल, सुवास नेम्वाङलगायत सहभागी हुनेछन् ।

    नेपाल समूहले डाकेको केन्द्रीय कमिटी बैठक माधव नेपालको अध्यक्षतामा बस्दैछ । बैठकमा झलनाथ खनाल, भीम रावललगायतका नेताहरु सहभागी हुनेछन् । सुरेन्द्र पाण्डे पनि सहभागी हुने बुझिएको छ । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाललगायत हस्तीहरु सहभागी हुनेछन् । गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी हुने या नहुने टुंगो छैन ।

    बामदेव गौतम तटस्थ भूमिकामा छन् । 

    केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

    १.केपी ओली, अध्यक्ष

    २. इश्वर पोखरेल, महासचिव

    ३. प्रदिप ज्ञवाली, सचिव

    ४. पृथ्वी सुब्बा गुरुङ, सचिव

    ५. विष्णु पौडेल, उपमहासचिव

    स्थायी कमिटी सदस्य

    ६. शंकर पोखरेल

    ७. सत्यनारायण यादव

    ८. सुवास नेम्वाङ

    ९. विष्णु रिमाल

    माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

    १. माधवकुमार नेपाल, वरिष्ठ नेता

    २. झलनाथ खनाल, वरिष्ठ नेता

    ३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष

    ४. भिम रावल, उपाध्यक्ष

    ५. युवराज ज्ञवाली, उपाध्यक्ष

    ६. घनश्याम भुषाल, उप महासचिव

    ७. भिम आचार्य, सचिव

    स्थायी कमिटी सदस्य

    ८. सुरेन्द्र पाण्डे

    ९. मुकुन्द न्यौपाने

    १०. रघुजि पन्त

    ११. बेदुराम भुषाल

    १२. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

    तटस्थ

    १. बामदेव गौतम, उपाध्यक्ष

    २. गोकर्ण विष्ट, सचिव

    ३. योगेश भट्टराई, सचिव

    (एमालेको नवौं महाधिवेशनबाट निर्वाचित र मनोनित पदाधिकारी)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार