Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढुंगा, गिट्टी र बालुवा निकासी गरेर व्यापार घाटा कम गर्छु भन्नु खरानीको व्यापार गर्न घर जलाए जस्तै हाे


    बुधबार, जेष्ठ १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चुरे दोहन गरेर पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने सरकारकाे नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै भएको नेपाली कांग्रेसले टिप्पणी गरेकाे छ ।

    सरकारले बजेटमाफर्त ल्याएको ढुंगा, गिट्टी र बालुवा भारत निर्यात गर्ने नीतिको विरोध गर्दै ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको ब्यापार गर्न घर जलाए जस्तो’ मात्रै भएकाे भन्दै कांग्रेसले टिप्पणी गरेकाे हाे । 

     देशले वर्षौंंदेखि व्यापार घाटा व्यहोरिरहेको भएपनि त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम स्वीकार्य नहुने कांग्रेसले बताएको छ

    सरकारले भारतसँगको व्यापार घाटा नियन्त्रण गर्न भन्दै भारतलाई ढुंगा, गिटी र बालुवा बेच्ने कार्यक्रम ल्याएको छ। तर, सरकारको यो निर्णय कार्यान्वयन भए महाभारत र चुरे क्षेत्रलाई नोक्सान पुग्ने भन्दै विरोध भइरहेको छ

    कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वक्तव्य जारी गर्दै सरकारले अनेक जनविरोधी कार्य गर्दै आएको र असंवैधानिक कदमबाट चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नितिलाई तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

    ‘विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन् । विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नितिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ति होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’ वक्तव्यमा भनिएको छ ।

    Jesth-19-SBD-Statement-502x650.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार