Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोगद्वारा जसपाका दुवै अध्यक्षको पत्र खारेज, प्रक्रिया पुर्‍याएर आउन निर्देशन


    बुधबार, जेष्ठ १९ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुईजनाको पत्र खारेज गरेको छ।

    दुवै जनाले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको पत्र सोमबार निर्वाचन आयोगमा दर्ता गराएका थिए । मंगलबार बसेको आयोगकाे बैठकले दुुवै पत्र एक साथ खारेज गरेर पुनः प्रक्रिया पुर्याएर आउन पत्राचार गर्ने निर्णय गरेको हो।

    स्राेतका अनुसार यादवलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिमको हेरफेर गर्न नियम २५ बमोजिमको प्रक्रिया पुरा गरेर आउन भनिएको छ भने ठाकुरलाई त्यसका साथै केन्द्रीय सदस्यको हस्ताक्षरसमेत समावेश गर्न भनिएको छ।

    उक्त दुवै पत्रमाथि सुनुवाइ गर्दै आयोगले मंगलबार खारेज गरेको हो । यादवले आयोगलाई पठाएको पत्रमा ५१ सदस्यीय कार्यकारिणी परिषदका बहुमत सदस्यको हस्ताक्षर पनि सँगै बुझाएका थिए भने ठाकुरले कारबाही गरिएको जनाउँदै अध्यावधिकका लागि मात्रै पत्र पठाएको आयोगले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार