Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने सरकारकाे निर्णय खारेज गर्न प्रचण्डको माग


    बुधबार, जेष्ठ १९ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमाफर्त ढुंगा, गिट्टी र बालुवा भारत निर्यात गर्ने नीति बनाएपछि त्यसको चर्को आलोचना भइरहेको छ ।

    सबैतिरबाट आलोचना भइरहेका बेला नेकपा माओवादी केन्द्रले पनि सो निर्णयको विरोध गरेको छ।

    सरकारले भारतसँगको व्यापार घाटा नियन्त्रण गर्न भन्दै भारतलाई ढुंगा, गिटी र बालुवा बेच्ने कार्यक्रम ल्याएको छ । र सरकारले यसले नेपाली भूमिमा कुनै नोक्सान नहुने दावी गरेको छ। तर, सरकारको यो निर्णय कार्यान्वयन भए महाभारत र चुरे क्षेत्रलाई नोक्सान पुग्ने भन्दै विरोध भइरहेको छ।

    यहीबीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो निर्णयको विरोध गरेका हुन्। उनले ट्वीटरमा भनेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

    प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।

    — ☭ Comrade Prachanda (@cmprachanda) June 2, 2021

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार