Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेट राष्ट्रघाती भएकाे भन्दै उपेन्द्र यादवकाे विराेध (विज्ञप्तिसहित)


    बुधबार, जेष्ठ १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा-गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको भन्दै यसकाे विराेध गरेका छन् ।

    यादवले बुधबार विज्ञप्ति जारी गरी बजेट भाषणमार्फत् आएको उक्त व्यवस्थाले चुरे क्षेत्र विनाश गर्ने र वातावरणीय हिसाबले घातक रहेको जनाएका हुन् ।

    यसले चुरे विनाश गर्न र तराईलाई मरुभूमिकरण गर्ने भन्दै उनले व्यापार घाटा न्यूनीकरण गर्ने नाममा ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेट राष्ट्रघाती रहेको उल्लेख गरेका छन्।

    ‘यसबाट नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर चुरेको संवेदनशील क्षेत्रमा यसको प्रभाव हुने र तराई-मधेशमा ठूलो प्राकृतिक संकट आउने छ।’ विज्ञप्तिमा उल्लेख छ ।

    upendra-yadav-press-note.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार