काठमाडौं । नेकपा एमालेकाे फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भए पनि माधव नेपाल पक्षले उनकाे आश्वासनमा नफस्ने भन्दै आफ्नो निर्णयहरुबाट ब्याक नहुने बताएकाे छ ।
नेपाल निकट एक नेताले यसलाई ओलीको अर्को ‘फण्डा’ भएकाे भन्दै अब ओलीको कुनै पनि अस्त्रबाट नअलमलिने बताएका छन् ।
ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाए पनि त्यसबाट नअलमलिने सन्देश बालुवाटारमा पुगेको छ । तर, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसाल भने सहमतिका लागि भन्दै बालुवाटार र कोटेश्वर दौडिइरहेका छन् ।
माधव नेपालले ओलीसँगै रहँदा भन्दा विरोधी गठबन्धनबाट फाइदा लिइरहेको हिसाबकिताब हुन थालेको छ । नेपाल निकटस्थहरुले राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाको विजय र रुख चिन्हबाटै उठे पनि दृगनारायण पाण्डेयको लुम्बिनी प्रदेशमा विजयलाई ठूलो सफलता मानेको छ ।
देउवासँग नेपालको दरिलो गठबन्धन बनिसकेकाले पछि हटिहाल्ने सम्भावना कम छ । बरु पार्टी अर्को बनाएर जाने तर ओलीसँग सहमतिमा नजाने पक्ष नेपाल देखिएका छन् ।