Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवा, गिट्टी निकासीले चुरे क्षेत्रको विनास नहुने मुख्यमन्त्री पोखरेलको जिकिर


    बुधबार, जेष्ठ १९ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बालुवा–गिट्टीको निकासीले चुरे क्षेत्रको विनाश नहुने जिकिर गरेका छन् ।

    जेठ १५ गते मात्रै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को वजेट वक्तव्यमार्फत ढुंगा, गिट्टी, बालुवा निकासीबाट आम्दानी गरी व्यापार घाटा कम गर्ने घोषणा गरेका थिए।

    सरकारको घोषणाले चुरे मरूभूमिमा परिणत हुने भन्दै विज्ञहरूले त्यसको चौतर्फी विरोध गरिरहदा मुख्यमन्त्री पोखरेलले सरकारी घोषणाको बचाउ गर्दै बालुवा, गिट्टी, ढुंगाजस्ता कुराको निकासीले चुरे क्षेत्रको संरक्षणमा योगदान गर्न सक्ने दाबी गरेका छन्।

    वातावरणीय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रूपमा छुट्टयाई निकासी गर्न अनुमति दिनुपर्ने उनको सुझाव छ। 

    मुख्य मन्त्रीले उक्त कार्यले चुरेमा हुने अवैध उत्खनन् समेत रोकिने र तराईका खेतियोग्य जमिनको सुरक्षा हुने जिकिर गरेका छन्। उनले त्यसबाट नेपालको ब्यापार घाटासमेत कम गर्न मद्दत पुग्ने दाबी गरेका छन्।

    साथै उनले बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका नदी खोलाको ढुंगा, बालुवा वा चुरे उत्खनन गरी निकासी गर्न अनुमति दिन नभएको समेत दाबी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार