Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठाकुरसहित जसपाका चार नेतालाई यादव पक्षद्वारा पार्टीबाटै निस्कासन


    मंगलबार, जेष्ठ १८ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

    बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।

    मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार