Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • वार्ताका नाममा माधव नेपाल समूहलाई अल्मल्याउने रणनीतिमा ओली


    मंगलबार, जेष्ठ १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकातिर जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सत्तामा रोजेका मन्त्रालय दिएर ल्याउन राजी भइसकेका छन् अर्कोतिर माधव नेपाल समूहलाई एकताका नाममा अल्मल्याउन पनि आफ्ना विश्वासपात्रहरु प्रयोग गरिरहेका छन् । ओलीले चाहेमा २०७५ जेठ २ मा पार्टीलाई फर्काउन १ घन्टामा सक्छन् । तर उनले कार्यदल गठन गरी जसरी अल्मल्याए, त्यसैगरी अहिले पनि वार्ताको अस्त्र फालेर अर्को चाल चलेका छन् । यसअघि विश्वासको मत नपाइसकेपछि कार्यदलको नाममा अल्मल्याएका थिए, अहिले पनि माधव नेपाल पक्षलाई एकता हुने ललीपप देखाएर फुटाउँदै एक्ल्याउने दाउमा छन् । उनले माधव नेपाल ‘पाष्ट टेन्स’ भइसकेकाले उनीबाहेक अरुलाई फकाउँदै प्रलोभन दिंदै ल्याउन सकिने दाउमा छन् ।

    त्यही रणनीति अन्तर्गत ओलीले सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीको कार्यदलको बैठक अनौपचारिक रुपमा राख्न लगाइरहेका छन् । सोमबार राति पनि एमालेका दुवै पक्षका दोस्रो तहका नेताबीच याक एण्ड यति होटलमा छलफल भएको छ । बैठकमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको पक्षबाट र माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए ।  स्थायी कमिटीको बैठकअघि न्यूनतम सहमति जुटाउने कसरतमा सोमबार रातिको छलफल केन्द्रित थियो ।

    एमालेले आज स्थायी समिति बैठक राखेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्थायी बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका बाँकी १२ सांसदमाथिको कारवाहीबारे निर्णय हुने बताइएको छ । एकताको नाममा उनीहरुलाई अल्मल्याउन १२  जनामाथिको कारबाही एकदुई दिन थाँती राखिने संभावना रहेको छ ।

    माधव नेपाल पक्षलाई कारबाही गरी पार्टी विभाजन भएमा हरेक प्रदेशमा प्रस्तुत हुने बजेट नै पारित नभई सरकार नै ढल्ने अवस्था देखिएको छ । त्यही कारण पनि ओली पक्ष माधव नेपाल पक्षलाई आगामी असार १ गते प्रदेशको बजेट पारित नहुन्जेल अल्मल्याउने रणनीतिमा जुटेको छ । सोमबार भएको लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनमा बहुमत प्रदेश सांसदहरुले विपक्षी गठबन्धनका उम्मेदवार दृर्गनारायण पाण्डेलाई मतदान गरी बिजयी बनाएको देखिएपछि ओली पक्ष थप सशंकित भएको छ ।

    कर्णाली प्रदेशमा माधव नेपाल पक्षले फ्लोर क्रस गरी महेन्द्रबहादुर शाहीको सरकार बचाइदिएको छ । सुदुरपश्चिम प्रदेशमा पनि पार्टीको निर्देशन अवज्ञा गर्दै ६ सांसद त्रिलोचन भट्टको मन्त्रिपरिषदमा सहभागी भएका छन् । वागमती प्रदेशमा माधव नेपाल पक्षका सांसदको सहयोगविना बजेट पारित हुने अवस्था छैन । १ नम्बर प्रदेशको अवस्था पनि उस्तै छ ।  बागमती प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहाुदर थापा पराजीत हुनु, सोमबार लुम्बिनीमा चन्द्रबहादुर खड्काको पनि हार भएको र प्रदेश सरकारहरु पनि संकटमा परिसकेपछि ओली पक्ष एकताका लागि कार्यदलको बैठक राख्ने र माधव नेपालहरुलाई अल्मल्याउने रणनीतिमा जुटेको हो ।

    माधव नेपाल पक्षले गएको चैत ४ र ५ गते पार्टीको समानान्तर भेला गरेकै दिन पार्टी गठन गरेको भए कृष्णभक्त पोखरेल, धु्रव शाही, पवित्रा निरौला खरेल जस्ता धेरै सांसदहरु ओली पक्षमा जाँदैनथे । तर पार्टी गठन नगर्दा एकपछि अर्को सांसदलाई ओली पक्षले फकाउने, तर्साउने र प्रलोभन दिंदै तानिसकेको छ । ओली पक्ष अहिले पनि एकताको नाममा असार पहिलो हप्तासम्म अल्मल्याउने र प्रदेशको बजेट पारित गर्ने रणनीतिमा छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार