Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टी फुटाउन सजिलो बनाउने अध्यादेश ल्याउन ओलीलाई महन्थकाे आग्रह


    मंगलबार, जेष्ठ १८ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापना भए आफ्नो समूह पनि समस्या पर्न सक्ने भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दल फुटाउन सजिलो हुने अध्यादेश ल्याउन आग्रह गरेका छन् । 

    कार्यकारिणी समितिमा अल्पमतमा रहेको र संसदीय दलमा पनि स्थिति फरक हुनसक्ने भएकाले ठाकुर शतर्क भएका हुन् ।

    भविष्यको जोखिमलाई दृष्टिगत गरी ठाकुरले ओलीलाई दल फुटाउन सजिलो हुने अध्यादेश ल्याउन आग्रह गरेका हुन् । हिजो ओलीसँग बालुवाटारमा भएको भेटवार्तामा ठाकुरले यो विषय पनि उठाएको बुझिएको छ ।

    ठाकुरले राष्ट्रिय जनता पार्टीलाई ब्युँताउन खोजिरहेका छन् । जसपा नेता डा.बाबुराम भट्टराईले ट्वीट गर्दै आ आफ्नो बाटो लागौं भनिसकेका छन् । जसपाभित्रको पछिल्लो विवाद विभाजनको संघारसम्म पुगेपछि ठाकुरले त्यस्तो चाहनासहित अगाडि बढ्न खोजेका हुन् ।

    अध्यादेश ल्याएर विभाजन सजिलो बनाउनेतर्फ ठाकुर लागेको देखिदैछ ।

    सत्ता संघर्ष चुलिदा जसपा विभाजनको नजिक पुगेको हो । ठाकुर प्रधानमन्त्री ओलीलाई साथ दिदै आएका छन् । उनको समूह सरकारमा जान ठिक्क परेको छ । अध्यक्ष उपेन्द्र यादव समूह भने ओलीको विरोधमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार