Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिन्छ: मुख्यमन्त्री पोखरेल


    सोमबार, जेष्ठ १७ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेले जनतको बहुलीय जनवाद (जबज) को मार्गदर्शनमा रहेर राज्यको भूमिकालाई बढाएर निजी क्षेत्रको सहकार्यमा समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिने बताउनुभएको छ ।

    राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा आज अखिल नेपाल महिला सङ्घले आज भर्चुअलरुपमा आयोजना गरेको ‘जबज, नेपाली महिला आन्दोलन र प्राप्त उपलब्धी’ विषयक कार्यक्रममा उहाँले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको नेतृत्वमा उक्त समृद्धिको यात्रा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘‘कार्ल माक्र्सले नेपाली समाजको बहुलतासहितको अध्ययन गर्न पाएको भए माक्र्सवादमा त्यसबेलै केही परिमार्जन हुन्थ्यो । जननेता मदनकुमार भण्डारीले माक्र्सवादलाई सिर्जनात्मक प्रयोग र विकास गर्दै ‘जबज’ प्रतिवादन गर्नुभयो । हामी ‘जबज’ लाई खोपाको भीमसेन बनाउने पक्षमा नभई यसलाई समाजवाद स्थापनाको यात्रामा क्रमिक विकास गर्दै अघि बढिरहेका छौँ ।’

    एमालेका केन्द्रीय सदस्य डा वृन्दा पाण्डेले आधुनिक समाजमा पनि पितृसत्तात्मक प्रवृत्तिविरुद्ध महिलाहरु सङ्घर्षरत हुनु परेकाले समृद्धि र महिला आन्दोलनलाई जोड्न नसकिएमा समाजवाद हासिल नहुने बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार