Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सम्पन्न, तीन जना मतदाता अनुपस्थित


    सोमबार, जेष्ठ १७ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएकाे छ ।

    सोमबार भएको मतदानमा २ सय ९७ जनाले मत हालेका छन् । ३ सय मतदाता भएपनि तीन जना अनुपस्थित भएका थिए ।

    नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै  निर्वाचन बहिष्कार गरेका थिए। 

    यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका छन्।

    गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी छन्। उनी काठमाडौंमा उपचार गरिरहेका छन्। 

    स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै  ८३ जनाले मत खसालेका छन्।

    मत हाल्न आउनेहरू सकिए पनि तीन बजेसम्म मतदानको समय भएकाले अधिकारीहरू कुरेर बसेका छन्। 

    तीन बजेपछि मुचुल्का उठाएर मतगणना सुरू हुनेछ। मतपरिणाम आजै आउनेछ। 

    लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली  समूह र विपक्षी गठबन्धनबाट दुई जना उम्मेदवार छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार