Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले ६१ जिल्लामा क्रियाशील सदस्यताको काम सक्याे


    सोमबार, जेष्ठ १७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ६१ जिल्लाको क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम सकिएको जानकारी दिएको छ ।

    सोसँगै ६१ जिल्लाको १०१ स्थानको लागि नामावली इन्ट्री गर्ने सफ्टवयर बन्द गरिएको छ ।

    क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउनका लागि नयाँ तर्फको नामावलीका सम्बन्धमा क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र नवीकरणतर्फको नामावलीका सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रमा तोकिएको समयभित्र लेखी पठाउन पार्टीले आग्रह गरेको थियो ।

    देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भैरहेको २०७ स्थानमध्ये उपरोक्त १०१ स्थान बाहेक बाँकी १०६ स्थानमा बाँकी रहेका नामावली इन्ट्री गर्नका लागि २०७८ जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको छ ।

    सम्बन्धित प्रतिनिधि सभा क्षेत्रले नयाँ तर्फको र जिल्लाले नवीकरणतर्फको सम्पूर्ण नामावली तोकिएको मितिभित्र केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा इन्ट्री गर्नु हुन र कुनै त्रुटि भएमा सच्चाउन पार्टीले आग्रह गरेको छ ।

    पार्टीको महाधिवेशन भदौमा तय भएको छ तर समयमा नै क्रियाशील सदस्यताको काम नसकिँदा महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको छ । क्रियाशील सदस्यताको टुंगोपछि मात्र पार्टीका महाधिवेशनका अन्य कार्यहरु अगाडि बढ्छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार