Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, स्पष्टीकरण नबुझाउनेलाई कारवाही हुन सक्ने !


    सोमबार, जेष्ठ १७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। 

    यसअघि आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएपछि बैठक आज बिहान बस्न लागेका हो। 

    बैठक आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    तामाङका अनुसार आजको बैठकमा विशेष गरी बजेटको समीक्षा तथा पार्टीको आन्तरिक गतिबिधिबारे छलफल हुने छ।

    यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले आजको बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने उनको भनाइ छ।

    स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार