काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट पटक-पटक संविधानको भावना र मर्मविपरीतका कामहरु भएकोमा पूर्व प्रदेश प्रमुखहरुले चिन्ता प्रकट गरेका छन् । पूर्व प्रदेश प्रमुखहरु प्राडा गोविन्दबहादुर तुम्वाहाङ, बाबुराम कुँवर र दुर्गाकेशर खनालले आइतबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले पक्षपातपूर्ण, गुटगत र निजी स्वार्थका लागि संविधान र कानूनको दुरुपयोग र अपव्याख्या गरेको जनाएका छन् । जसकाकारण संविधान नै मासिने अवस्था उत्पन्न भएको पनि उल्लेख छ ।
तुम्बाहाङ, कुँवर र खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ-‘जनआन्दोलन २०६२/६३ को उपलव्धीस्वरुप प्राप्त वर्तमान संविधानबमोजिम भएको २०७४ को आमनिर्वाचनद्धारा गठित प्रतिनिधिसभालाई राष्ट्रपति र प्रधानन्त्रीको निहित हित र व्यक्तिगत स्वार्थकै लागि २ पटक विघटन गरिएको छ । पहिलो विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्थापित भई प्रतिनिधिसभाको सदस्य एवम् प्रतिनिसधमा सबैभन्दा बढी सदस्यहरु भएको नेकपा एमाले संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६ उपधारा ३ बमोजिम दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभामा विश्वाको मत लिने संवैधानिक बाध्यात्मक कर्तव्य पुरा गर्नुपथ्र्यो । त्यसबाट जे परिणाम आउँथ्यो सो बमोजिम संवैधानिक मार्गलाई निरन्तरता दिनुपर्नेमा ३० दिन नपर्र्खी स्वार्थ र सत्तालिप्साको बसिभूत भई राष्ट्रपति र प्रधानमन्त्रीको पूर्वनियोजित मत सल्लाहबाटै प्रतिनिधिसभा विघटन गराइएको कुरा स्पष्ट छ ।
त्यसो नहुदो हो त प्रतिनिधिसभाबाट माननीय शेरबहादुर देउवाको समर्थनमा प्रतिनिधिसभाका १४९ जना माननीय सदस्यहरुले हस्ताक्षर गरी राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आह्वान भए अनुसार पत्र बुझाउँदा दुरासायपूर्वक उनको दाबी नपुग्ने भनी खारेज गरियो । राष्ट्रपतिको भनाइ लगत्तै प्रधानमन्त्री केपी ओलीले मिति २०७८ जेठ ७ को मध्यरातमै संविधानको धारा ७६ को उपधारा ७ बमोजिमको सिफारिश अनुसार २०७८ जेठ ८ मा दोस्रो पटक प्रतिनिधिसभाको विघटन गरियो । निर्वाचनको मितिसमेत तोकियो । राष्ट्रपति र प्रधानमन्त्रीको गरैसंवैधानिक कार्यले देशको लोकतन्त्र, गणतन्त्र र संघीयता आदि सबैलाई आंतकित तुल्याएको छ ।
कोभिड १९ को महामारी व्यवस्थापना हुन नसकी काबुबाहिरको यो भंयकर डरलाग्दो परिस्थितिमा राष्ट्रपति र प्रधानमन्त्रीको उक्त संविधान विपरीतको स्वेच्छाचारी, निरंकुश एवम् सर्वसत्तावादी जनविरोधी कदमविरुद्ध सर्वोच्च अदालमा रिट निवेदनहरु परि सुनुवाई हँुदै गरेकोले संविधानको व्याख्या भई प्रतिननिधिसभा पुनस्थापित हुने नै छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपटक, दुईपटक हैन बारम्बार र धेरै पटक संविधानको भावना र मर्मविपरीतका थुप्रै कामहरु विवादित र ओलोचित रुपमा रहेका छन् । आरम्भदेखि नै संविधान कार्यान्यन, पालना र संरक्षणमा इमानन्दारी र संरक्षकत्व देखिएन । देशका सबै जनताप्रति समभाव र संरक्षकत्वको दायित्व पुरा गरेको देखिएन । पक्षपातपुणर् र गुटगत र निजी स्वार्थको लागि संविधान र कानूको दुरुपयोग र अपव्याख्या गरिएको पाइयो ।
सरकार प्रमुख र राष्ट्र प्रमुख भएपछि साम्भवी विचारले सबै वर्ग र व्यवसायप्रति संरक्षकत्व र वात्सल्य प्रदान गर्नुपर्नेमा आफ्नो र विरानो भन्ने कुुराले बढी काम गरेर कानून र संविधानमाथि नै शासन हुँदै गयो, फलस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था एउटा तमासा बन्न पुगेको छ । प्रतिक्रान्तिकारीहरुले यस अवस्थाको लाभ लिन खोजे । संविधानको संरक्षण र पालन नहुदाँ आजको राजनीतिक संकट निम्तियो । ठोस काम गर्न नसक्दा दिगो शान्ति, विकास र समृद्धि मृग मरिचिकाजस्तै बन्यो । लोकतन्त्र संघीयता गणतन्त्र आफ्नो कर्मले वदनाम हुदै जान थाल्यो । यो पुष्पित न भएन नै पल्लवित पनि हुन सकेन फलित त टाढाको कुरा हो ।
हुदाँहुदाँ सर्वमौम सत्ता सम्पन्न जनताबाट निर्वाचित प्रतिनिधिसभालाई आफ्नो प्राइभेट कम्पनीजस्तै महिनैपिच्छे विघटन गर्ने निरकुश र सर्वसत्तावाद प्रदर्शित भइरहन थाल्यो । यस्तो अपकार्यले संविधानको जीवन क्षय हुँदै जान्छ । संविधान नै मासियो भने त्यसपछिको स्थिति अनुमानयोग्य छैन । यस्ता गैरसंवैधानिक कार्यका कर्ता सम्माननीयद्धय जयजयकार गर्न संकिदैन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानको रक्षा गर्नका लागि सवै लोकतन्त्रवादीहरु एक हौं र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदममा पुणर्विराम लगाऔं ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend