Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको बजेटले काम नगर्ने, संसद् पुनःस्थापनापछिको अर्को सरकारले पूर्ण बजेट ल्याउने


    आइतबार, जेष्ठ १६ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने बताएका छन् ।  ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ ?’ विषयको भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले उक्त विचार ब्यक्त गरेका हुन् । उनले बजेटले खासै नयाँ योजना नल्याएको बताएका छन् । 

     काग्रेसका नेता तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले  कोरोनाको उपचारका लागि अहिलेको अवस्थामा अस्पतालमा चिकित्सक थप्न सरकारलाई आग्रह गरेका छन् ।

     काग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएको तर यसलाई सम्बोधन गर्ने खालको बजेट आउन नसकेको बताएका छन् । पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले मुलुकको अर्थतन्त्र कोरोनाका कारण ध्वस्त भएको बेलामा यति ठूलो बजेट ल्याउनु गैरजिम्मेवारी काम भएको बताए ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल र डा गोविन्दराज पोखरेलले बजेट राजनीतिमुखी भएको आरोप लगाउँदै पूर्वअध्ययनविना नै योजना समावेश गरिको बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले  राजनीतिक दलले भन्दा पनि व्यक्तिले लाभ लिने खालको बजेट आएको  भनाइ राखेका छन् ।

    कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका पूर्वअध्यक्ष डा रवीन्द्र पाण्डे, व्यवसायी नरेश श्रेष्ठ, अर्थविद् डा विश्व पौडेल, राजु नेपाल, दधि अधिकारी, आर्थिक पत्रकारद्वय पुष्पराज आचार्य, कृष्ण आचार्यलगायतले सरकारले घोषणा गरेको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार