काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विसं. २०६२÷६३ को जनआन्दोलनयता लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता हासिल भएको बताउनुभएको छ ।
तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागितासहितको महत्वपूर्ण संकल्प प्रस्ताव तत्कालीन सांसदका हिसाबले सबै महिला सांसद्लाई ऐक्यताबद्ध बनाएर अघि सार्नुभएको र सर्वसम्मतरुपा पारित भएको स्मरण गर्नुभयो ।
उक्त महत्वपूर्ण उपलब्धी हासिल भएको दिन सबै महिलाका लागि खुशीको दिन भएको जनाउँदै प्रधानमन्त्री ओलीले यो दिन नै हाम्रो समाज विकासको क्रमलाई कोशेढुङगाको रुपमा रहेको बताउनुभयो । संकल्प प्रस्तावमा आमाको नामबाट पनि नागरिकता पाउनुपर्ने, घरेलु हिंसाविरुद्धका कानुन निर्माण र सशक्त व्यवहारिक कार्यान्वनसँगै महिलाको सम्पत्तिमा हकका विषय रहेका थिए । प्रस्ताव सर्वसम्मतिले पारित भएकाले यो दिन ऐतिहासिक दिन भएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक जागरण, संवैधानिक र कानूनी व्यवस्थापनमा महत्वपूर्ण उपलब्धी हासिल भएको दिनलाई विशेषरुपमा सम्झनुपर्छ ।”
उहाँले अहिले सङ्घीय संसद्मा ३३ प्रतिशत, प्रदेशमा त्योभन्दा बढी र स्थानीय तहमा ४१ प्रतिशत महिला सहभागिता रहेको बताउँदै एक तिहाइ महिला सहभागिताको विषयलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैतिर नकारात्मक कुरा मात्रै देख्नेले केही भएन भनेपनि हामीले विसं २०६३ यता धेरै उपलब्धी हासिल गरिरहेका छौँ ।”
कतिपय ‘सामन्ती सोचका तत्वहरु’ले सामाजिक समानता र न्याय नबुझ्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । विसं. २०५२ सालमा जनकपुरमा सम्पन्न नेकपा (एमाले) को राष्ट्रिय परिषद्को दोस्रो बैठकमा वर्तमान राष्ट्रपति भण्डारीले २० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गर्नुभएको स्मरण पनि उहाँले गर्नुभयो । उहाँले सरकारलाई दलकै सांसदले मत नदिने जस्ता दलीय अनुशासन, मर्यादा, संसदीय प्रणालीमा मान्य नहुने गतिविधि भएको र प्रतिनिधिसभाकाले अर्काे सरकाु दिन नसकेपछि मुलुक निर्वाचनमा गएको पनि स्पष्ट गर्नुभयो ।
एमालेका अध्यक्ष ओलीले महिला आन्दोलन महिलाको मात्र हो भनेर पुरुष महिलाको सहयोगी नबनेसम्म र समानताप्रति सकारात्मक नभएसम्म महिला आन्दोलन सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “घरघरमा लड्ने अवस्था आउन दिनुहुँदैन । समानताको अर्थ समानता समृद्धिसहितको समानता स्थापत गर्न सरकार लागिपरेको छ ।” विसं. २०६३ जेठ १६ मा संसद्बाट महिलासम्बन्धी चार महत्वपूर्ण संकल्प प्रस्ताव पारित भएको दिनको स्मरणमा सरकारले तीन वर्ष पहिलेबाट यो दिवस मनाउन थालेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend