काठमाडौं । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ ।
थाइल्याण्ड नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाटले उपलब्ध गराउनुभएको ती सामाग्री आज आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानमा गरी ती सामाग्री नेपाल आइपुगेको थियो । त्रिभुवन अन्तराष्टिय विमान स्थलमा स्वाथ्य सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषय परिस्थितिमा नेपालको लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘थाई नरेश प्रति नेपाल सरकारले धन्यवाद दिन चाहन्छु ।
उहाँले भन्नुभयो नेपाललाई आपतपर्दा अन्तराष्ट्रिय समुदायले निरन्तर सहयोग जारी राखेको बताउनुभयो । ती सामाग्री थाइल्याण्डका राजदुत भोसिता भोरासावले स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको थियो । मन्त्री त्रिपाठीले थाई सरकारले गरेको महत्वपुर्ण सहयोगप्रति नेपाल सरकारले थाई नरेश र जनतालाई धन्यवाद दिन चाहन्छ भन्नुभयो । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल भित्रिएको ती सामाग्री विभिन्न अस्पताललाई हस्तान्तरण गरिने छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री श्रेष्ठले आफ्नै विमान चार्टर गरी कोभिड नियन्त्रण गर्न नेपालमा स्वाथ्य सामाग्री उपलब्ध गराएकोमा थाई नरेश प्रति आभार व्यक्त गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले थाइ राजदुतावास मार्फत थाइ नरेशलाई पत्र पठाएर ती सामाग्री नेपाल आइपुगेको हो । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पर्ने सूची गरेपछि सोही आधारमा थाइल्याण्ड सरकारले स्वाथ्य समाग्री उपलब्ध गराएको हो ।
मन्त्री श्रेष्ठले नेपाल र थाईल्याण्डबिचको सुमधुर सम्बन्धको कारण कोभिड नियन्त्रणको लागि महत्वपुर्ण सामाग्री नेपाल आइपुगेको जानकारी गराउनुभयो । नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एडको रुपमा ती स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरिएको हो । नेपाललाई थाई राजदरवारबाट सहयोग जुटाउन थाइल्याण्डको भिक्षु संघमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाइ राजकीय विहार वाट बोभर्नका उप प्रमुख भिक्षु फ्रा देव शाक्य बंशपण्डित अर्थात फ्रा डा. अनिल शाक्यसँग माननीय शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँगको समन्वयमा भएको पहलमा उक्त सहयोग जुट्न संभव भएको हो ।
नेपाली राजदूतावास मार्पmत थाई नरेशलाई पत्र प्राप्त भएपछि थाई नरेशले नेपाललाई सहयोग गर्न निर्देशन जारी भएको थियो । सोही आधारमा सरकारले १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पिपिइ गाउन,१० हजार जोडी लेग कभर,१० हजार थान सर्जिकल क्याप,५ हजार थान फेस सिल,२० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर,१ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइएको छ । ती सामाग्री बाहेक थाई राजकुमारीले ७ हजार थान पिपिइ गाउन उपलब्ध गराउनुभएको छ ।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend