Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि ल्याएकाे बजेट राष्ट्रघाती भएकाे रावलकाे टिप्पणी


    आइतबार, जेष्ठ १६ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता भीम रावलले सरकारले सार्वजनिक गरेको बजेट राष्ट्रघाती भएकाे  टिप्पणी गरेका छन् ।

    आज सामाजिक संजाल ट्वीटरमार्फत नेता रावलले सरकारले सार्वजनिक गरेको बजेटको बिरोध जनाउदै बजेट राष्ट्रघाती भएकाे टिप्पणी गरेका हुन्।

    ट्वीटरमा रावलले लेखेका छन्,’नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो । यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं !’

     

    — Dr. Bhim Rawal (@BhimRawal179) May 30, 2021

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार