Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • चुनावमा धर्मास्त्रलाई दरिलो रुपमा फ्याँक्ने ओलीको रणनीति


    आइतबार, जेष्ठ १६ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा धर्मास्त्रलाई दरिलो रुपमा फ्याँक्ने संकेत गरिरहेका छन् ।

    ओलीले चुनावमा हिन्दुको मन जित्न रकम विनियोजन गराएका छन् ।

    ओली सरकारले आगामी आर्थिक वर्षको बजेटमा पशुपतिनाथमा ३५ करोड विनियोजन गर्नुका साथै अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

    यसअघि नै ओलीले पशुतिनाथमा सुनको जलहरीका लागि रकम विनियोजन गराएका थिए । राम मन्दिर निर्माण सुरु गराइसकेका थिए ।

    पछिल्लो समय ओलीले हिन्दुत्वको मुद्दालाई उठान गरिरहेका छन् । उनको यो कदमबाट हिन्दु जनमत आकर्षित बन्दै गएको छ । 

    ओलीले हिन्दुत्वको मुद्दालाई भने उठाइरहेको देखिन्छ । देशमा ९० प्रतिशतभन्दा बढी हिन्दु धर्मालम्बी रहेको अवस्थामा ओलीको पछिल्लो कदमले निकै अर्थ राख्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार