Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन अध्यादेश जारी


    शनिबार, जेष्ठ १५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

     आज शनिबार बसेको मन्त्रिपरिषद्ले बजेट भाषणका लागि राष्ट्रपति समक्ष तीन वटा अध्यादेश सिफारिस गरेको थियो । सोही राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।

    प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । आज अर्थमन्त्री विष्णु पौडेलले सिंहदबारबाट चार बजे आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दैछन् ।

    aa 1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार