धनगढी । नेकपा(एमाले) सुदूर पश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टीले सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता हुन दिएको निर्देशन बिपरीत मन्त्री पदमा नियुक्ति लिएकाले उनीहरुबिरुद्ध स्पष्टीकरण लिएको एमालेले जनाएको छ । एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले सरकारबाट फिर्ता हुने निणर्य अस्वीकार गर्दै शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टको मन्त्रीपरिषदमा ३ मन्त्री र ३ राज्यमन्त्रीलाई पठाएको थियो ।
मन्त्री नियुक्त भएको भोलिपल्टै एमालेको प्रदेश कमिटीले उनीहरुलाई स्पष्टीकरण सोधेको हो । यसअघि एमालेका प्रदेशसभा सदस्य माया भट्ट, कृष्णराज सुवेदी र प्रकाश शाहलाई पार्टीले निस्कासन गरिसकेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले एक्लौटी घोषणा गरेको प्रदेश कमिटीका अध्यक्ष कणर्बहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य विपरीत मन्त्री बनेको भन्दै ३ मन्त्री र ३ राज्यमन्त्रीलाई २४ घन्टे स्पष्टीकरण सोधेको हो । विपक्षीसँग मिलेर सरकारमा जानुलाई अपराधको संज्ञा दिंदै स्पष्टीकरण सोधिएको छ ।
शुक्रबारमात्रै प्रकाशबहादुर शाह आन्तरिक मामिला मन्त्रीबाट आर्थिक मामिला मन्त्रीमा दोहोरिएका छन् । दीर्घबहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का समाजिक विकास, पूणर्ा जोशी आन्तरिक मामिला मन्त्री नियुक्त भएका थिए । त्यस्तै चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend