Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमले देशलाई अँध्यारोतर्फ धकेल्यो : नेता सिंह


    शनिबार, जेष्ठ १५ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका बरिष्ट नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्रीको कारण ऐतिहासीक उपलव्धीहरु संकटमा परेको बताएका छन्।

       गणतन्त्रको दिवसको अवसरमा शुभकामना दिँदै उनले गणतन्त्र मार्फत जनताको छोराछोरी देशको अभिभावक बनाएपनि संविधानको पालक गणतन्त्रको प्रतिक राष्ट्रपति र कार्यान्वयनको मूल दायित्वमा रहेका प्रधानमन्त्रीको असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको बताएाका हुन्।

    नेता सिंहले नेपाली जनताको लामो संघषबाट प्राप्त गणतन्त्र र नेपालको संविधानमाथि भईरहेको प्रहार विरुद्ध उत्रन सवैलाई आग्रह गरेका छन्।

    कोरोना महामरीसँग जुधिरहेका जनताले अक्सिजनको सिलिण्डर खोजिरहेको बेला,अस्पतालमा शैयाको अभावमा छट्पटाइ रहेको समयमा जनताको हातमा मतपत्र थमाउने सरकारको जति निन्दा गरे पनि कम हुने उनले उल्लेख गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार