Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरी मुलुकलाई प्रतिगमनतर्फ धकेलेको नेता खनालको आरोप


    शनिबार, जेष्ठ १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री  तथा नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मुलुकलाई दक्षिणपन्थी दिशातर्फ लैजान लागि रहेको बताएका छन् ।

    आज गणतन्त्र दिवसको अबसरमा  शुभकामना सन्देश जारी गर्दै  खनालले  प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक ’कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको  बताएका छन् ।।

    इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको नेता खनालको भनाई छ । नेता खनालले ओलीले आफूहरु जस्ता हजारौ लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउँदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेको आरोप लगाए ।

    ओलीले निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार