Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आर्थिक वर्ष २०७८/७९ को बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै


    शनिबार, जेष्ठ १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै छ । बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
    मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन्। मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।

    राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ ।प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।

    यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ छ । डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार