कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेका मन्त्रीलाई फिर्ता हुन निर्देशन दियो । तर एमालेबाट मन्त्री भएकाहरु प्रकाश शाह, मायादेवी भट्ट, कृष्णप्रसाद सुवेदीले सरकारबाट फिर्ता हुन अस्वीकार गरेपछि एमालेले उनीहरुलाई कारबाही गरेको छ । उनीहरुको सांसद पद त पार्टीको कारबाहीपछि चट् भयो नै, भट्ट र सुवेदीलाई मन्त्रीबाट पनि हटाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पुनर्गगठनमा एमालेका ४ प्रदेश सांसदलाई मन्त्री बनाएका छन् । शुक्रबार एमालेका प्रमुख सचेतक लालबहादुर खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् । यसअघि आन्तरिक मामिला मन्त्री रहेका एमालेका प्रकाश शाहलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरिएको छ ।
त्यस्तै राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा आज मन्त्री नियुक्त भएकाहरुलाई पनि एमालेले कारबाही गर्ने निश्चित छ । सुदूरपश्चिम प्रदेश सरकारमा एमालेको माधव नेपाल पक्ष भारी बहुमतमा छ । प्रदेशसभाका २४ सांसदमध्ये १८ माधव नेपाल पक्षका छन् । माधव नेपाल पक्षका प्रदेश सांसदहरुमध्ये तारा लामा, बेद रेग्मीसहित ३ जनाले भने पार्टीको निर्णयको पक्षमा अडिग रहने निर्णय गरेका छन् । लामाले शुक्रबारको पुनर्गठनमा मन्त्री हुने प्रस्ताव अस्वीकार गरेका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेका मन्त्री र सांसदलाई कारबाही गर्दा मुख्यमन्त्री भट्टलाई नै फाइदा हुने भएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend