काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा दायर भएका ३० वटा रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबार ५ सदस्यीय संवैधानिक इजलासमा गठन गर्दा आफूसमेत बरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई राखेका छन् । त्यसपछि सातौं बरियताका न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई राखिएको छ ।
राणाले संवैधानिक इजलास गठनमा तेस्रोदेखि छैटौंलाई छाडेर सातौं रोजेका छन् भने आठौंदेखि दसौै बरियताका न्यायाधीशलाई नराखी ११ औंका तेजबहादुर केसी र १२ औं बरियताका बमकुमार श्रेष्ठलाई राखी संवैधानिक इजलास गठन गरिएको छ । दोस्रो बरियताबाट सातौंमा पुगेका राणाले सातौंबाट ३ जना बरिष्ठतम न्यायाधीशलाई छाडेर एकैपटक एघारौं र बाह्रौंलाई रोजेका छन् । बरिष्ठतम न्यायाधीश कार्की र भट्टराई न्यायिक जगतमा स्वच्छ छविका मानिन्छन् । केसी र श्रेष्ठ सर्वोच्चमा प्रधानन्यायाधीशका निकट मानिन्छन् ।
गएको पुस ५ मा प्रतिनिधिसभा बिघटन बिरुद्ध परेकोा रिटमा प्रधानन्यायाीश राणाले सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई राखेका थिए । यसपकटक केसी पुनः दोहोरिएका छन् । राणासहित केसी यसअघि पनि प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा बिघटनलाई सदर गर्ने पक्षमा थिए । तर बहुमत न्यायाधीशले संविधानबिरुद्ध हुने राय दिने भएपछि राणा र केसीसमेत एकमत भएर २०७७ फागुन ११ मा प्रतिनिधिसभा पुनस्र्थापनाको आदेश दिएको चर्चा हुँदैआएको छ ।
यसपटक राणाले केसीसमेत बमकुमार श्रेष्ठलाई पनि समावेश गरी इजलास गठन गरेका छन् । अदालतमा विचाराधीन मुद्दामा केही लेख्न वा बोल्दा अपहेलना हुनजान्छ । इजलास गठनले दिनको संकेत बिहानीले गर्दछ भनेझैं विपक्षी गठबन्धनको अपेक्षा पूरा हुने संभावना कम देखिन्छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend