Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि संसद विघटनका सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने


    शुक्रबार, जेष्ठ १४ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिट निवेदनहरुको आजदेखि संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

    बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले संसद्‌ विघटनसम्बन्धी रिट निवेदनहरूलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो ।

    संसद विघटनपछि सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । जसमा विपक्षी गठबन्धनहरुका नेता (कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित) १४६ जना सांसदले संसद पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन्।

    संसद पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशको माग गरी निवर्तमान सांसदले रिट निवेदन दर्ता गरेका छन् भने बाँकी रिट निवेदनमा संसद विघटन गर्नु असंवैधानिक भएकाले पुनःस्थापनाको माग गरिएको छ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते संसद विघटन गरेकी थिइन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार