Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले सुदूरपश्चिमका तीन मन्त्रीसँग स्पष्टीकरण माग्यो (पत्रसहित)


    बिहिबार, जेष्ठ १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी– नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

    प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुन पार्टी निर्देशन अवज्ञा गरेकोमा २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

    बिहीबार सुदूरपश्चिम प्रदेश सरकारमा रहेका प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो।

    यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो। तर बुधबार सम्पन्न संसदीय दलको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय गरेको छ।

    Prakash-bahadur-shah.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार