Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अधिवक्ता त्रिपाठीको प्रश्न: विश्वासको मत गुमाइसकेको व्यक्ति फेरि कसरी प्रधानमन्त्री हुन्छ ?


    बिहिबार, जेष्ठ १३ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा भैरहेको सुनुवाइमा बहसका क्रममा अधिवक्ता दिनेश त्रिपाठीले विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ भन्दै प्रश्न गरेका छन् । 

    इजलासमा उनले भने, ‘पुरानो फैसलाको पूर्णपाठ नआउँदै फेरि विघटन गरेर अदालतको अपहेलना प्रधानमन्त्रीबाट भयो । त्यसैले संसद् विघटन नभएको मानेर कामकारवाही सुरू गर्ने आदेश दिनुपर्छ ।’

    उनले पहिले प्रधानमन्त्रीको पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत भएको समेत जिकिर गरेका छन् ।

    ‘विश्वासको मत  गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ ? पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खालि नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानूनी मान्यता पाउन सक्दैन’, त्रिपाठीले बहसका क्रममा भने । 

    अधिवक्ता त्रिपाठीले यसअघि प्रधानमन्त्रीमाथि पुर्जी काटिनुपर्ने माग गरेका छन् । पुरानो फैसलाको पूर्णपाठ नआउँदै ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको आरोपमा पुर्जी काटिनुपर्ने उनको माग छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार