Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बजेट ल्याउँदा मतदाता प्रभावित गर्ने कार्यक्रम नराखियोस्ः निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरु


    बिहिबार, जेष्ठ १३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । आगामी २०७८ कात्तिक २७ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा गरिएको अवस्थामा वर्तमान कामचलाउ सरकारले बजेट ल्याउँदा मतदातालाई प्रभावित पार्ने खालका कार्यक्रम नराख्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले चेतावनी दिएका छन् ।

    पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै बजेटमा मतदातालाई प्रभावित गर्ने खालका कार्यक्रम नराख्न आग्रह गरेका हुन् ।

    आगामी आर्थिक वर्षको बजेट ल्याउँदा त्यसमा समेटिने कार्यक्रमले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित नबनाउने कुरा सुनिश्चित हुनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरि लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छौँ । यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरि निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमा नै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

    ex-election.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार