काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्ष सरकारमा जान आतुर छ । प्रतिनिधिसभा बिघटनकाबिरुद्ध परेको रिटमा बिहीबार सुनुवाइ राखिएको र त्यो सुनुवाइमा परमादेश नभए जसपाको ठाकुर–महतो पक्ष आइतबार केपी ओली सरकारमा सहभागी हुनेछ । प्रथम दृष्टिमै परमादेश नभए मुद्दाको सुनवाइ २–३ महिना लम्बिने भएकाले पनि सरकारमा सहभागी हुने पक्षमा ठाकुर–महतो पक्ष छ । ओली सरकारमा ८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपा सरकारमा सहभागी हुने सहमति प्रधानमन्त्री ओलीसँग भइसकेको छ ।
अध्यक्षमण्डलका ठाकुर मन्त्री नहुने भएका छन् । अध्यक्षमण्डलका राजेन्द्र महतो सरकारमा जसपाको तर्फबाट नेतृत्व गरेर जाने पक्षमा छन् । अध्यक्षमण्डलमा रहेका शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव पनि मन्त्री हुने पक्कापक्की नै छ । अध्यक्षमण्डलका अनिलकुमार झाको श्रीमती डिम्पलकुमारी झा प्रदेश २ को भौतिक पूर्वाधार राज्यमन्त्री भएकाले उनका श्रीमान श्रीमतीलाई नै मन्त्री दिनु नहुने भन्दै पार्टीभित्रै बिरोध पनि भइरहेको छ ।
आठ मन्त्री जसपाले पाउनेमा ४ अध्यक्षमण्डलका हुने भइसकेकाले बाँकी ४ का लागि ठूलो लुछाँचुडी भइरहेको छ । अध्यक्ष महन्थ ठाकुर सम्धी उमाकान्त झालाई मन्त्री बनाउने पक्षमा छन् । महन्थको कोटाबाट सम्धीको नाम एक नम्बरमा छ भने सर्वेन्द्रनाथ शुक्ल र चन्दा चौधरी सूचीमा छन् । ठाकुरको कोटाबाट मन्त्री हुने सूचीमा रहेका यी ३ मध्ये चन्दा चौधरीमात्र सांसद हुन् । झा र शुक्ल होइनन् । गैरसांसदलाई मन्त्री बनाउँदा प्रतिनिधिसभा पुनस्र्थापना भएमा सांसदहरु उपेन्द्र यादवतिर लाग्नसक्ने भएकाले ठाकुर र महतोलाई धर्मसंकट छ । उपेन्द्र यादवको साथ छाडेका विमल श्रीवास्तव र उमाशंकर अरगरियालाई मन्त्री बनाउने आश्वासन दिए तानिएको छ । उपेन्द्र यादवको समाजवादी पार्टीबाट सांसद भएका रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङले पनि मन्त्री वा राज्यमन्त्रीको अपेक्षा गरेका छन् ।
। अध्यक्ष ठाकुरको कोटाबाट वृशेषचन्द्र लाल, अकवाल अहमद, अकवाल मियाँ पनि मन्त्री हुने आशामा छन् । सर्वेन्द्रनाथ शुक्लजस्तै यी तीनैजना सांसद थिएनन् । गैरसांसदलाई मन्त्री बनाउँदा अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भएमा असन्तुष्टहरु उपेन्द्र यादवतिर लागेमा ठाकुर–महतो पक्षलाई अप्ठेरो पर्नेतर्फ पनि उक्त समूहमा छलफल भइरहेको छ ।
महन्थ ठाकुरले सम्धी उमाकान्त झालाई यसअघि सांसद र प्रदेश प्रमुख बनाइसकेका छन् । खिलराज रेग्मी सरकारमा सम्धी झालाई तीन वटा मन्त्रालयको मन्त्री पनि बनाएका थिए । सम्धिनी इन्द्रा झालाई पनि सांसद बनाइसकेका छन् । ठाकुर सम्धी झालाई मन्त्री बनाउन नसके राजदूत भए पनि बनाउने पक्षमा छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend