Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोकर्ण विष्ट भन्छन् -पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ


    बिहिबार, जेष्ठ १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नेता गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार रुपले प्रयत्न गर्ने बताएका छन् । 

    आज बिहान आफ्नो सामाजिक सञ्जाल फेसवुकमार्फत नेता विष्टले एमालेको पार्टी संरचना २०७५ जेठ २ अनुसार अगाडि बढाउनुपर्ने बताएका हुन् ।  

    ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ’, उनले फेसवुकमा लेखेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार