काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले बुधबार दिउँसो चीन र भारतका राष्ट्रपतिसँग नेपालीलाई कोरोना संक्रमणबाट बचाउन खोप मागिन् । राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सि चिनफिङसँग फोनवार्ता गर्नासाथ १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने भएको छ ।
यसैगरी चीनका राष्ट्रपति सि चिनफिङसँग कुरा गर्नुअघि राष्ट्रपति विद्या भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन भन्दै पत्राचार गरेकी थिइन् । तर भारतले नेपाललाई खोप दिने नदिने अहिलेसम्म पनि जवाफ दिएको छैन । भारतले नेपालले रकम भुक्तानी गरिसकेको १० लाख डोज कोभिसिल्ड खोपमा समेत रोक लगाएको छ । भारतले आफ्नै देशमा आवश्यक भएकाले नेपालमा खोप पठाउन रोक लगाएको बताएको छ । नेपाललाई खोपबापत भुक्तानी भएको रकम नै फिर्ता लग्ने आसय कोभिसिल्ड खोपको उत्पादक कम्पनी सेरुम इन्ष्टिच्यूटले ब्यक्त गरिसकेको छ । तर चीनले नेपालले माग्नासाथ खोप दिएर नेपालीको मन जितेको छ ।
चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड–१९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति सि चिनफिङसँगको कुराकानीमा कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकामा राष्ट्रपति भण्डारीले चीन सरकारप्रति कृतज्ञता ज्ञापन गरेकी थिइन् ।
कोभिड–१९विरुद्धको खोप संसारभर सबैका लागि सार्वजनिक वस्तु हुनुपर्ने राष्ट्रपति सीको अभिव्यक्तिको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले यसअघि पनि चीनले नेपाललाई आठ लाख मात्रा खोप उपलब्ध गराएकामा आभार व्यक्त गरेकी छन् । नेपाललाई चीनबाट कोभिड–१९विरुद्धको खोप खरीदमा सहजीकरणका निम्ति पनि राष्ट्रपतिले आग्रह गरेकी छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend