Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बृहद नागरिक आन्दोलन, ‘यो सरकारको छ के पारा ? दुष्ट, भ्रष्ट ज्यानमारा’


    बुधबार, जेष्ठ १२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कोरोना महामारीमा निःशुल्क स्वास्थ्य, गाँस, बास र कपास, बेरोजगारी भत्ता तथा किसानलाई राहतको  व्यवस्था गर्न माग गर्दै बृहद नागरिक आन्दोलनले बुधबार कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ ।

    कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै विरोध प्रदर्शन गरिएकाे स्राेतले बताएकाे छ ।

    ‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ,’ यो सरकारको छ के पारा ? दुष्ट, भ्रष्ट ज्यानमारा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

    महामारीमा मतपत्रको षडयन्त्र छाडेर संक्रमितलाई अक्सिजन र जनतालाई खोपको व्यवस्था गर्न तथा गरिब जनतालाई गाँस र बासको व्यवस्था गर्न पनि आन्दोलनले माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार