Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभापति निवासमा कांग्रेस शीर्ष नेताहरुको बैठक


    बुधबार, जेष्ठ १२ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ।

    पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा वर्तमान केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसिरहेको हो।

    विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले बैठक डाकेका हुन्।

    मंगलबार सिंहदरबारमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो।

    १४६ सांसदको हस्ताक्षरसहित संसद विघटन बदर र सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सर्वाेच्चमा रिट हालेको छ।

    मंगलबारकाे बैठकमा विपक्षी गठबन्धनका नेताहरुले कानुनविदहरुसँग छलफल गरेका थिए। अदालतमा रिट हालिएपछिका सम्भावित घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक राखेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार