Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले सुदूरपश्चिम संसदीय दलको बैठक आज पुन : बस्दै


    बुधबार, जेष्ठ १२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज पुन : बोलाइएको छ । मंगलबार बोलाइएको बैठकमा माधव–झलनाथ समूहको एक मत हुन नसकेपछि दुईपटक बैठक स्थगित गरिएको थियो।

    मंगलबार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए ।

    बुधबार बिहान‌ पुनः सांसदहरूलाई दलको कार्यालय बोलाइएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बताए । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन्। सभामुखबाहेक २४ जनामा माधव–झलनाथ पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन्।

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार