Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउछ, वर्तमान राजनीति जस्तै : प्रचण्ड


    बुधबार, जेष्ठ १२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गरेका छन्।  

    आज गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा  शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको बताएका छन्। 

    दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउने भन्दै त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा आफूहरुले भोग्दै आएका प्रचण्डले बताए । ​बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने उनले उल्लेख गरेका छन्। 

    साथै, पूर्वप्रधानमन्त्री प्रचण्डले कोरोना भाइरस (कोभिड–१९)को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    Buddha_Jayanti_Ubhauli_Suvakamana_From_CMPrachanda_2078-02-12_WnuisvOf3Y (1).jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार