Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महन्थले उपेन्द्रलाई सोधे ७ बुँदे स्पष्टीकरण (पत्रसहित)


    बुधबार, जेष्ठ १२ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । 

    मंगलबार अध्यक्ष ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्दै संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन् ।

    अध्यक्ष ठाकुरले पछिल्लो समयमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिका बैठकहरू बसी विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न समेत यादवसँग गरेका छन् । अध्यक्ष ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन् ।

    स्पष्टिकरणका बिषयहरु यसप्रकार छन् ;

    MAHANTHAA.jpg

    MAHANTHA-1.jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार