काठमाडौं । केपी ओलीले सत्ता जोगाउन भारतीय बुहारीका सन्तानलाई नागरिकता दिने अध्यादेश ल्याएकोमा चौतर्फी बिरोध भइरहेको छ । भारतीय आप्रवासीका सन्तानलाई नागरिकता दिएर देशलाई फिजीकरण गर्नका लागि प्रधानमन्त्री केपी ओलीले नागरिकता सम्बन्धी अध्यादेश ल्याएको ठहर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गरेको छ ।
मोर्चाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७८’ नेपालस्थित इन्डियाली आप्रवासीका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा आसीन गराउने षड्यन्त्रको पुलिन्दा भएकाले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सरकारको यस राष्ट्रघाती कदमको घोर भत्र्सना गर्दछ ।
यो अध्यादेश वर्षौंदेखि तराईका जमिनदारको घरमा आश्रित गरिब मूलवासीलाई नागरिकता दिने उद्देश्यले नभएर इन्डियाबाट प्रायोजित रूपमा बुहारी बनेर नेपाल आउने आप्रवासी युवतीहरूलाई सिन्दुर–पोतेसँगै हातमा तत्काल नागरिकता उपहार दिने बदनियतले जारी गरिएको हो । यसका अतिरिक्त यस अध्यादेशको सबभन्दा ठूलो बदनियत इन्डियामा गर्भवती भएका महिलालाई नेपालका अस्पतालमा ल्याएर शिशु जन्माउने अवसर प्रदान गर्ने र अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र लिई शिशु बालिग भएपछि त्यही जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने हतियार बनाउनु हो ।
अतः यो अध्यादेशबाट सबभन्दा ठूलो मर्का तराई मूलका आदिवासी–मूलवासीमा पर्ने देखिएको हुँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसबाट पर्ने असरको निदान खोज्न तराईमूलका युवाहरूलाई विशेष आग्रह गर्दछ । तराईका मूलवासी युवा र त्यहाँका आदिवासी जनताले राज्यका तर्फबाट पाउने सुविधा टाठाबाठा इन्डियाली आप्रवासीले पाउने र राजनीतिक पहुँच र प्रतिनिधित्व पनि उनीहरूकै बढ्ता हुने निश्चित भैसकेको छ । यसको सत्यता महन्थ ठाकुर र राजेन्द्र महतोका तीनपुस्ते हेरे प्रमाणित हुन्छ । तसर्थ नेपाली नागरिकताको प्रमाणपत्र नेपालीले मात्र पाउनुपर्छ भन्ने कुरालाई तराईको अन्तरात्माको आवाज बनाइयोस् भनी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तराईका युवासँग जोडबलका साथ आग्रह गर्दछ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि प्रधानमन्त्री ओलीले नै नागरिकता सम्बन्धी विधयेक जारी गर्नै नहुने, यसले देश फिजीकरण हुने भन्दै चर्का राष्ट्रवादी भाषण गरेका भिडियो सामाजिक संजालमा अहिले भाइरल छन् । ओलीले भारतीयसँग विवाह गर्ने बृहारीहरुले ७ बर्षमा पनि नागरिकता नपाउने गरेको तर नेपालमा भने विवाह गर्नासाथ नागरिकता दिनै नसक्ने चर्का कुरा गरेका थिए । तर दुईतिहाईको सरकारको प्रधानमन्त्री पदमा हुँदा अहंकार र दम्भले संसद बिघटन गरी पहिला कम्युनिष्ट पार्टी र अहिले एमाले समेत टुक्रा टुक्रा पारी भारतसुँग लम्पसार परेर नागरिकता सम्बन्धी अध्यादेश ल्याएका छन् । जसका कारण अब भारतीय बुहारीहरुले विवाह गर्नासाथ नागरिकता पाउनेछन् । र, नेपालको तराईमा भारतीय बुहारीका सन्तानहरुको बहुमत हुनेछ । र, देश फिजीकरणमा जानेछ ।
फिजीमा भारतबाट उखु खेतीका लागि लगिएका मजदुरहरुको बहमुत पुगेपछि फिजीका नागरिकहरु अल्पमतमा परे । भारतीय मूलका महेन्द्र चौधरीले चुनाव जितेरै सरकार प्रमुख भएको इतिहास छ । अब नेपाललाई पनि ओलीले फिजी बनाउने सूत्रपात नागरिकता अध्यादेश ल्याएर गरिसकेका छन् ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend