Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विपक्षी गठबन्धनका शीर्ष नेताको छलफल सकारात्मक, यस्तो छ अबको रणनीति


    मंगलबार, जेष्ठ ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडैं । विपक्षी गठबन्धनका ५ पाँच दलका शीर्ष नेताबीचको छलफल सकिएको छ । 

    सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा  कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएकाे थियाे ।

    उनीहरुबीच सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको स्राेतले बताएकाे छ ।

    स्राेतका अनुसार त्यस्तै कानुनी लडाइँबारे कसरी अघि बढ्ने र कतिपय सांसदहरुको ठेगानामा भएको त्रुटीलाई सच्चाउने विषयमा पनि छलफल भएको छ ।

    पाँच दलका तर्फबाट सोमबार प्रतिनिधिसभा विघटन बदर र बहुमत भएकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै १ सय ४९ सांसदले रिट दर्ता गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार