Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विपक्षी गठबन्धनकाे रिट आज सुनुवाई नहुने


    मंगलबार, जेष्ठ ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाई नहुने भएको छ।

    विघटित संसदका १४६ जना सदस्यहरुले परमादेशलगायतका विभिन्न आदेश माग्दै दायर गरेको रिट पेसीमा नचढेपछि आज सुनुवाई नहुने भएको हो । त्यस्तै, हिजो रिट दायर भएका संसद विघटन, संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।

    यसअघि हिजो बहुमत हुँदाहुँदै पनि राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ५ दलका सांसदहरु सर्वोच्च गएका थिए।

    रिटमा कात्तिक २६ र मंसीर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ । त्यस्तो रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने माग समेत राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार