Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • केपी ओली ‘गद्धार’ हुन् : झलनाथ खनाल


    मंगलबार, जेष्ठ ११ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीलाई ‘गद्धार’को संज्ञा दिएका छन्। 

    प्रधानमन्त्री समेत रहेका ओलीले आफूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेपछि नेता खनालले यस्तो संज्ञा दिएका हुन्। 

    आफूहरुले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले कारवाहीको कुनै अर्थ नहरेको भन्दै अध्यक्ष ओली गद्धार भएको दोर्ह्याए।

    ‘हामीलाई गरिएको कारवाहीको कुनै अर्थ छैन, हामी नयाँ पार्टी खोल्छौँ, ओली कम्युनिष्ट आन्दोलनका गद्धार हुन्, खनालले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने उनको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौ’।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार