Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • के-के छ विपक्षी गठबन्धनले दर्ता गरेको रिट निवेदनमा ? (पूर्ण पाठसहित)


    सोमबार, जेष्ठ १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा २४ रिट निवेदन दर्ता भएका छन् । सोमबारसम्म संसद विघटन विरुद्धमा २४ रिट निवेदन दर्ता भएका हुन् ।

    बिपक्षी गठबन्धनहरु (प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत) १४६ सांसदले संयुक्त रूपमा संसद विघटनविरुद्ध रिट दर्ता गराएका छन् । त्यस्तै, अन्य २३ रिट निवेदन प्रतिनिधिसभा विघटनको विरुद्धमा दर्ता भएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।

    त्यस्तै, संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निर्वाचित गरियोस् भन्ने माग राखेर ४ रिट निवेदन दर्ता गरिएको पौडेलले बताए । ती रिटमा घोषणा गरिएको समयमा नै निर्वाचन हुनुपर्ने माग गरिएको बताइएको छ ।

    यसअघिरिट निवेदन दर्ता गर्न गएका विघटित संसदका सांसदहरूमध्ये १ सय ३९ जना सर्वोच्च अदालतमा उपस्थित भएका थिए भने बाँकीले वारेसमार्फत् रिट निवेदन दर्ता गराएका हुन् ।

    विघटित संसदका सदस्यहरूले दायर गरेको रिटमा प्रधानमन्त्रीमा देउवालाई निर्वाचित गरियोस् र संसद पुनःस्थापना गरियोस् भन्ने माग गरिएको छ ।

    यस्तो छ विपक्षी गठबन्धनको रिटको पूर्णपाठ :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार