काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघातको कित्तामा उभिएको प्रष्ट पारेका छन्।
आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली मिलेर यस्तो कोरोना भाइरसको महामारीमा पनि नागरिकता अध्यादेश जारी गरेर नेपाललाई फिजीको नियतिमा पुर्याउन राष्ट्रघात गरेको प्रष्ट पारे । आइतबार राष्ट्रपति भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।
ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखिएको भन्दै आचार्यले सबैलाई होसियार रहेर उक्त कार्यलाई सफल हुन नदिन आह्वान समेत गर्दै भने, नागरिकताको बिरोध पहिले आफैले गर्दै आएका ओलीले भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै विदेशीलाई नबुझाउलान् भन्न सकिन्न।
सोमबार बिहान आफ्नो फेसबुकवालमा एक पोष्ट गर्दै डा. आचार्यले ओलीको राष्ट्रघातको बिरुद्दमा उभिँदा /बिरोध गर्दा उनको गुट र कार्यकर्ता आफूहरुमाथि खनिएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘ओली राष्ट्र घातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यो । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैले गरेका थिए। भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौ। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend