Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलाई ताज्जुब लाग्छ,`सौ चुहे खा के बिल्लि चलि हजको´ भन्ने कहावत यहाँकै लागि रहेछ नि प्रधानमन्त्रीज्यू :प्रवक्ता शर्मा


    सोमबार, जेष्ठ १० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको बिषयलाई लिएर खण्डन गरेका छन्। 

    आइतबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रजातन्त्रको मूलधार बोकेको कांग्रेस प्रचण्डपथमा लागेको भन्दै कटाक्ष गरेका थिए। प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाउदै नेता शर्माले ओलीकै शैलीमा खण्डन गरेका हुन्। 

    आज बिहानै सामाजिक सञ्जालमार्फत् शर्माले भने, तपाई हिजो प्रचण्डसँग पार्टी एकता गर्नसक्ने अनि आफूहरुलाई मुद्दामा मात्रै कुरा मिल्दा यस्तो आरोप लगाउने ? ताज्जुब लाग्छ ओलीकै शैलीमा उनले भने। 

    ट्वीटरमा लेखेका छन् ताज्जुब लाग्छ, ‘तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ ! हिजो प्रचण्डसंग पार्टीकै `एकता´ निकै गौरवसंग गर्नुभएको थियो l आज मुद्दामा मात्रै कांग्रेसको कुरा @cmprachandaसंग मिल्दा, ए ~ प्रचण्डपथमा पो लाग्यो ? `सौ चुहे खा के बिल्लि चलि हज को´ भन्ने कहावत यहाँकै लागि रहेछ नि @Pm_Nepal !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार