पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनङ्गे भनेर चिनिने राजीव गुरुङले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले मनाङेलाई आइतबार युवा तथा खेलकुद मन्त्रीको सपथ खुवाएकी हुन्। यसअघि वैशाख १६ गते मनाङे युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए।
वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उनको पद २९ गते ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङलाई खेलकुद मन्त्रीमा दोहोर्याएका थिए ।
७ मन्त्रालय रहेको गण्डकीमा मनङ्गेलाई मन्त्री बनाउँदै मन्त्रालयका संख्या ८ पुर्याएर मुख्यमन्त्री गुरुङले ११ मन्त्रालय बनाएर मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।
५ गते नै किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र मनाङलाई मुख्यमन्त्री गुरुङले फेरि मन्त्री नियुक्त गरेका थिए । मनङ्गेले ५ गते काठमाडौं रहेकाले सपथ लिएका थिएनन् ।
किरणलाई अर्थ र मनाङलाई बाहेक सपथ खुवाउँदा बाँकीलाई बिनाविभागी मन्त्रीको रुपमा सपथ खुवाइएको थियो । बेलुका सबै मन्त्रीलाई अन्य मन्त्रालयसमेत गर्ने गरी जिम्मेवारी तोकिएको थियो । मुख्यमन्त्रीसहित ६ मन्त्रीले अहिले ११ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
यी हुन् मन्त्रालय र जिम्मेवारी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend